कपिलवस्तुको सिमा क्षेत्र बाट व्यापक कुखुरा तस्करी

अजय मिश्र
कृष्णनगर
कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम कृष्णनगर, विजयनगर र महाराजगंज नगरपालिकामाको सिमा क्षेत्र बाट भारतीय कुखुराको व्यापक तस्करी भैरहेको छ । एक तिर जिल्लामा निषेधाज्ञा छ भने तस्करका लागी भन्ने खुल्ला जस्तो देखिन्छ । भारत बाट सस्तो मूल्यमा किनेर ल्याइएका कुखुरा हरू तस्करी गरी नेपालका विभिन्न ठांउमा पुर्याउने गरेको पाइन्छ । एक तिर COVID-19 ले देशको अधिकांश भागमा निषेधाज्ञा ले जनता हरूलाई विभिन्न समस्याको सामना गरिरहेका छन् भने अर्को तिर तस्कर हरू सिमा क्षेत्रमा मालामाल भैरहेको अवस्था छ । यस संबन्धी सिमा निगरानी तथा अन्य सरोकार वाला निकाएले ध्यान न दिएको कुरा स्पष्ट देख्न सकिन्छ । आम जनता लाई सास्ती तस्कर लाई मस्ती भने जस्तै सिमा क्षेत्रबाट पछिल्लो समयमा तस्करी दिनानुदिन बढी रहेको स्थानीय जनता बताउछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation