संसद विघटन गरेर अध्यादेश मार्फत १६ खर्ब बढीको बजेट ल्याईदै, प्रत्यक नेपालीको थाप्लोमा ५२ हजार रिणको भार

जेठ १५ काठमाण्डौं । सरकारले संसद विघटन गरेको एक साता पछि आज अध्यादेश मार्फत बजेट ल्याउदै छ । आर्थिक वर्ष २०७८ ७९ का लागि बजेट सार्वजनिक गर्ने तयारी गरेको हो । जेठ ७ गते संसद विघटन गरेको सरकारले आज बजेट ल्याउन लागेको हो । अध्यादेश मार्फत बजेट सिफारीस गर्न बिहान मन्त्रीपरिषद्को बैठक बस्दैछ ।
कोभिड–१९ संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०७८र७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागिएको हो ।

जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशमार्फत भए पनि बजेट ल्याउन लागेको सरकारले तयारी गरे पनि विपक्षी दल र अर्थविदहरुले पूर्ण बजेट नल्याउन खबरदारी गरेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बजेटको आकार सवा १६ खर्बको हुने बताईएको छ ।उक्त कार्यक्रममा विपक्षी दलका नेता, सबै मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु र निजी क्षेत्रका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।

अर्कातिर देशको ऋण तीन वर्षकै अवधिमा दोब्बर हुँदा प्रतिव्यक्तिको टाउकोमा ५२ हजार पुगेको छ । जबकी तीन वर्षअघि यो आंकडा २८ हजार थियो । प्रधानमन्त्री केपी ओलीको शासन अवधिमै ऋणको आकार दोब्बर बनेको हो ।फागुन २०७४ मा मुलुकको कुल ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन वर्षपछि ०७७ फागुनमा त्यो बढेर १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation