ताजा समाचार

सडकमा गुडिरहेको सरकारी गाडी माथी विद्यार्थीले गरे आगजनी

२७ जेठ, विराटनगर । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन्...

पुरा पढ्नुहोस
मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री आज दिल्ली जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् । प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल,...

पुरा पढ्नुहोस
गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने ः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी आव २०८१र८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि,...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल

काठमाडौँ, २५ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ। प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा...

पुरा पढ्नुहोस
रंगेलीमा नगर प्रहरीमाथि आक्रमण, ६ जना विद्यार्थी पक्राउ

२५ जेठ, विराटनगर। मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगररक्षक (नगरप्रहरी)माथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण गरेका हुन् । विद्यार्थी समूहको...

पुरा पढ्नुहोस
मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

२५ जेठ, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् । शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिएका हुन् । जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको...

पुरा पढ्नुहोस
उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ ः प्रधानमन्त्री

काठमाडौँ, २५ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को समाज कल्याण विभागद्वारा आज...

पुरा पढ्नुहोस
दाङमा आफ्नै श्रीमती परपुरुषसँग भेटेपछि खुकुरी प्रहार गरी हत्या

बुटवल । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । परपुरषसँग आपत्तिजनक अवस्थामा भेटेपछि उनले श्रीमती र साथमै भेटिएका पुरुषलाई खुकुरी प्रहार गरेको प्रारम्भीक भयानमा उल्लेख गरेका छन् । कपुरकोट...

पुरा पढ्नुहोस
पोखरा १३ को कृषि जैविक विविधता प्रदर्शनी मेला सकियो

पोखरा । पोखरा महानगरपालिकामा भएको ‘कृषि जैविक विविधता प्रदर्शनी मेला –२०८१’ मा सकिएको छ । पोखरा–१३ को कृषि सञ्जाल, पोखरा महानगरको कृषि महाशाखा, नमुना प्राब्गारिक कृषि सहकारी संस्था आर्वा र जैविक विविधता, अनुसन्धान तथा विकासका...

पुरा पढ्नुहोस
बालेनलाई काम गर्न दिन कांग्रेस सांसदको माग

काठमाडौं,२४ जेठ । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्यूरोडमा...

पुरा पढ्नुहोस