सहिद परिवारले दिय बिप्लवको बिद्यार्थि संगठनलाई आक्रोसपूर्ण शूभकामना

लेखक– सुनिता बम

क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह नेकपा निकट अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन हुदैछ । पोखरामा पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने सम्मेलन भब्य सफलताको शुभकामना १
टुटफुट र बिभाजनले थला परेको नेपालको विद्यार्थी आन्दोलन केही बर्ष यता दिशा बिहिन छ । न उसको शैक्षिक कार्यक्रम छ, न राजनीति, न त सडकका कार्यक्रम नै, माउ पार्टीको पाउ परेर शैक्षिक आन्दोलनलाई कहिले सिंहदरबार त कहिले पार्टी मुख्यालयमा बुझाएको शैक्षिक आन्दोलनका एजेन्डा कुन विद्यार्थी संगठनले उठाउन सक्छ रु यो बिषय यक्ष प्रश्नको रुपमा खडा भएको छ ।
माओवादी इतरका संगठनमा पार्टी विभाजनपछि बनेका संगठन पार्टीका अमुख नेताको चित्त बुझाउने चौतारी बाहेक केही बनेनन् ।
चितवनको राष्ट्रिय सम्मेलनमा प्रस्तुत सुधारवादी कार्यक्रमले सिंगो सम्मेलनको क्रान्तिकारी गरिमालाइ नै ओझेलमा पार्यो । त्यसपछि संगठन भित्र क्रान्तिकारी पक्ष अलिक बलियो भएपछि केही सुधार त भयो तर कार्यदिशा अनुसार संगठन बिभाजन भयो । सहभागी ५५ साथिहरुले सम्मेलन नसकिदै अमुख नेताको निर्देशनमा फरक पत्रकार सम्मेलन गरेर समान्नतर संगठन घोषणा गरे ।
३ महिनापछि धोविघाटमा नेतृत्वको सदासहायता दुइटा कमिटी मर्जरको निर्णय भयो । जब कि एकै संगठनमा दुई कमिटी भन्ने हुदै हुदैन थियोे । जसले क्रान्तिकारी संगठनको नीति पद्धतिको ठाडै उपहास गर्यो । मर्ज भएको संगठन दुई बर्ष न भावनात्मक रुपमा एक भयो न त संगठानात्मक हिसाबले एक भयो । संगठनको आन्तरिक जिवन संकटग्रस्त अवस्थाबाट निकै चुनौतिकासाथ अध्यक्ष पुर्णसिंहको नेतृत्वमा संगठनले जीवन पायो । यो चुनौति निकै भयानक थियो । संगठनका पदाधिकारीले बागबजारका सडकमा चेक खोसाखोस गरे, कसैले कुटाकुट गरे, यो मर्जभएपछि नमिलेको संगठनको एक उदाहरण थियोे ।
जब २१औ सम्मेलन आयो संगठनभित्र अस्वस्थ अन्तरसंघर्षका झिल्का देखिए । सम्मेलनको तयारीमा लागेका महासचिव रहस्यमय तरिकाले गिरफ्तार परे, अरु कयौन फिल्डमा ज्यान फालेर लागेका नेताहरुमाथि अनेक प्रचार र षड्यन्त्र सुरु गरिए। कही कार्वाहीका प्रस्ताव त कही केही पार्टीभित्र अनावश्यक रियुमर क्रेड गरियो र सम्मेलन नजिकिदै जादासम्म पनि संगठनको मुल नेतृत्व र पार्टी हेटक्वाटरबिच सम्वादहिनताको अवस्था पैदा गरियो । र अन्नावन देशैभरीबाट प्रतिनिधि दाङ उतारियो ।
रोचक कुरा त के भने विद्यार्थी जस्तो आवधिक संगठनमा सर्टिफिकेड अनुसारको तथाकथित उमेर हदबन्दी लगाउने कथित सुधारवादी कार्यक्रम ९जो २०औ सम्मेलनले अस्विकार गरेको थियो० त्यहि माउ पार्टीको स्थायी कमिटीबाट अनुमदन भएर नीति बनेर आयो, त्यो पनि ह्विवका रुपमा आएको थियो ।
त्यसलाई २१औं सम्मेलनमा अनुमदन गर्न बाध्य पारियो, तर हलले एकमतले उक्त पार्टीको निर्णय खारेज गरिदियो । एक राजनीति पार्टीको संगठन एनजीओ सिस्टममा चलाउने खेल सम्मेलनले अस्विकार गरिदियो ।
तर संगठनको पदाधिकारी निर्माणमा नागरिकता सच्चायर भएपनि आफुखुसि मान्छेलाई नेता बनाउने तथाकथित संसदिय अभ्यासको भद्दा प्रयोग दाङ सम्मेलनमा भयो । विद्यार्थी संगठनको २ बर्षको केन्द्रीय कार्यकालमा जम्मा ३ पटक केन्द्रीय समितिको बैठकमा उपस्थिति तथा कार्यक्षेत्रबाट १ जनापनि प्रतिनिधि नलिएका नेतालाइ विद्यार्थीलाई मुल नेतृत्व थम्म्याइयो । जो २०औं सम्मेलनमा समान्न्तर संगठनका मुल नेतृत्व थिए ।
रोचक कुरा त के भने जस्को फिल्डमा कमिटी छैन, जुन व्याक्ति संगठनको काममा समय दिन नसक्ने भएर केन्द्रीय कमिटीको ७ वटा बैठकबाट बिदाइको लिस्टमा थिए । उनिहरु नै अमुख नेताको थमौतिमा केन्द्रीय सदस्य बनिरहे । अन्ततः उनी नै मुल नेतृत्व कब्जा गर्न सफल रहे । यसले नीति कस्तो बन्यो र त्यो अनुसारको नेतृत्वको व्ययवस्थापन कसरी भयो भन्ने कुरा निकै महत्त्वपूर्ण सवाल हो ।
उक्त सम्मेलनबाट संगठनका सिनियर ४२ जना केन्द्रीय नेता कथित बिदाइ गरिए । सम्मेलन यति रोचक बन्यो, सम्मेलनको बन्दशत्र हल चलिरहेको छ । होटेलमा कमिटि घोषणा गरेर खादा हालियो । र भनियो सम्मेलन सम्पन्न भयो । कति मजाक आन्दोलनको, बाकी समीक्षा इतिहासले गरोस् ।
महासचिवको पहुजमा नभएका ४२ जना विद्यार्थी नेताले महासचिवसंग ४१ बुदे अपिल गरे ।
थाहा छैन, त्यो कस्को दराजमा थन्कियो, वा वास्ता भएन् । विद्यार्थी मात्रै हैन, पत्रकारलगायत प्राय सबै संगठनमा चर्को विवाद लेखापरे ९पत्रकारको त हालसम्म पनि हल भएको छैन ।० तर समस्याको मुल कारण निवारण गर्ने भन्दा थप षड्यन्त्र गर्ने सिध्याउने तिर पार्टीका अमुख नेताले देशव्यापी अभियान चलाए । यति गिरेर कि सायदै केही त्यस्ता शब्दहरु बेस्यालयमा सुनिन्छन होला । थप बिस्तारै खोलौला नै ।
तर यसपालि मेरो क्रान्तिकारी आस्थाको पुञ्ज क्रान्तिकारी संगठनको यो ऐतिहासिक सम्मेलनले २० र २१औं को कथित सुधारवादी घेरा तोड्ने छ, नीति र नेतृत्वमा सुधारवादीको कब्जाबाट मुक्त गर्ने छ र क्रान्तिकारी शैक्षिक कार्यदिशा एव कार्यक्रम तय गर्नेछ । यसपटक मन नपरेका मान्छे संगठनबाट हटाउन ल्याइएको कथित उमेरहद ९यो हेर्दा प्राविधिक देखिएपनि सैद्धान्तिक बिषय पनि हो ।० यस्ता कयौन सुधारवादी सम्झौताबादी र आत्मासमर्पणवादी सोच बिचार चिन्तनका बिरुद्ध बिद्रोहको झन्डा उचो गर्न सकोस । क्रान्तिकारी नीति बनोस, नीति अनुसारको नेतृत्व बनोस, विशेष शुभकामना २२औं राष्ट्रिय सम्मेलन १

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation