एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल, रामकुमारी झाँक्री सहित चार सचिव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ।
एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो।

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्।
पार्टीले चार जना उपाध्यक्ष बनाएको छ। राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष भएका छन्।

उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।

त्यस्तै समाजवादीले चार जना नै सचिव बनाएको छ। जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्।

हामीले नाम टुंगो लगएका छौुं, महासचिव चयन भएका भुसालले सेतोपाटीसँग भने, ुकेन्द्रीय समितिको हलबाट अनुमोदनको तयारी गरिरहेका छौं।

तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation