नेपाल दलित मुक्ति मोर्चा सैनामैनाको भेला सम्पन्न

नेकपा माओवादी केन्द्रले पछिल्लो समय आफनो सहायक तथा निकट संगठनलाई विस्तार र प्रशिक्षण कार्यक्रमलाई जोडदार तिव्रता दिएको छ । नेकपा माओवादी केन्द्र निकट नेनेपाल दलित मुिक्त मोर्चा सैनामैनाको नगर भेला भब्य रुपमा बिहिबार सम्पन्न भएको छ ।करिव चार सय भन्दा बढिको सक्रिय उपस्थितिमा सो कार्यक्रम भएको हो।


उक्त कार्यक्रमलाई संम्बोधन गर्दै नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य विनोद पहाडिले भने सदियौदेखि नेपालमा रहेको जातिय उत्पीडन र बिभेदले गर्दा हाम्रो समाजमा दलित समुदायको आर्थिक सामाजिक तथा राजनितिक पहुच नपुग्नुमा, निरङकुस राज्य ब्यवस्था र ब्राह्मणवादी चिन्तन प्रमुख दोषी रहेको बताएका छन् । तसर्थ उनले भने यदि सामाजिक रुपान्तरण र आथिक समृद्धि चाहने हो भननेकपा माओवादी केन्द्रले उठाएको समावेसि, समानतालाइ आत्मसात गर्दै पुरातनवादी चिन्तनलाइ परास्त गर्न दलित समुदाय एकजुट हुन आव्हन गरेका थिए ।


लुम्बिनी प्रदेश सांसद निर्मला विश्वकर्माले माओवादी केन्द्रलाई धोका दिएर जाने तत्वहरुअवसरवादी भएको आरोप लगाइएकी छन् ।अवसरवादी तत्वहरु माओवादीमा बस्न कुनै औचित्व नभएको सांसद विश्वकर्माले ठोकुवा गरिन् ।
सांसद विश्वकर्माले दशवर्षे जनयुद्धबाट आर्जेको संविधान र अधिकारलाई कुनै शक्तिले कुंण्ठीत गर्न नसक्ने भन्दै यसो गरे कडा प्रतिवाद गर्ने चेतावनी दिईन् ।माओवादी केन्द्रले संविधानमा दलितहरुलाई १३ प्रतिशत अधिकार सुनिश्चित गरेको भन्दै अब २५ प्रतिशत सम्म पुराउने लक्ष्य राखेको सांसद विश्वकर्माको दाबि रहेको छ ।प्रतिगामी तत्वहरुलाई परास्त गर्न दलितहरुको एकता हुन आवश्यक रहेको औँल्याइन् । अहिले बनेको सरकारले जनपक्षिय भएर काम गर्ने विश्वास समेत ब्यक्त उनले गरिन् ।


यस्तै,कार्यक्रममा बोल्दै नेकपामा माओवादी केन्द्र जिल्ला इन्चार्ज राम प्रसाद बन्जाडेले माओवादी शक्तिहरु अब एकढिक्का भएको बताएका छन् । पार्टि र निकट संगठनहरुको बाक्लो उपस्थितीले ओली प्रतिगामी दलालहरु उदाङ्गिएको आरोप लगाए । जनताको समस्या समाधान गर्दै आर्थिक क्रान्ति ल्याउँन निर्णायक भुमिका पार्टिले खेल्ने जिकिर समेत गरे ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रसैनामैना नगर संयोजक मान बहादुर महत्तले प्रतिगामी तत्वहरुले माओवादी विरुद्धमा जनतामाझ गलत भ्रम छरेको आरोप लगाएका छन् । भ्रममा नपर्न सवैलाई आग्रह गर्दै नेताहरुले अवको विकास र समृद्धिमा नेकपा माओवादी केन्द्रले निर्णायक भुमिका निर्वाह गर्ने तर्क उनीहरुले गरे । दलित,आदिवासी जनजाती,सिमान्तकृत समुदायको अधिकारका लागी सधै लड्ने माओवादी केन्द्र पार्टि रहेको बताए ।महतले दलित मुक्तिका लागी स्वय एकताबद्ध हुनुपर्ने बताउँदै राज्यको मुलधारमा दलितहरुको सहभागिता आम नागरिक सरह हुनुपर्ने माग राखे ।


कार्यक्रममा ओम प्रकाश सुनार, भोला बस्याल, राम कहादुर कुुवर, दिपिका शर्मा, दिपक भण्डारी,तिलक नेपालि, रामनाथ हरिजन,मंगल बहादुर रावत, गोविन्द खरेल, राजेन्द्र घिमिरे, भुवन जिसि,दिपक पछाई लगायतको आतिथ्यता रहेको थियो ।उक्त भेलाले धन प्रसाद विकको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी चयन गरेको छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक टोप बहादुर दर्लामि र राम विश्कर्माको सांगितिक प्रस्तुती रहेको थियो ।सैनामैनाको रामापुरस्थित ह्वाइट हाउस पार्टी प्यालेस रुपन्देहीमा भएको नगर भेला सुरेश विश्वकर्माको अध्यक्षता, सन्तोष परियारको स्वागत तथा केशव विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation