उज्यालो पोष्ट, बुटवल
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सैनामैना वडा नं. १ ले वडा भेला सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठनको रुपमा रहेको महिला संघले सोहि कार्यक्रमा छांया परियारको नेतृत्वमा वडा कमिटी गठन गरेको छ ।
सैनामैना १ बनकट्टाको त्रिमुर्ती होटल तथा पार्टिप्यालेसमा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुम्बिनी प्रदेश सह–सचिव तथा रुपन्देही जिल्ला संयोजक टिका ओलीको प्रमुख आतिथ्यतामा, जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. ५ का सचिव भोला वस्यालको विशिष्ट आतिथ्यता, नेकपा माओवादी केन्द्र सैनामैना नगर संयोजक नारायण महत, जिल्ला सदस्य राम बहादुर कुवर, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुिम्बनी प्रदेश सदस्य तथा सैनामैना ईन्चार्ज दीपिका शर्मा, लुम्विनी प्रदेश सदस्य तथा सैनामैना सह–ईन्चार्ज चन्द्रिका चौधरी, अनेमसंघ सैनामैना नगर अध्यक्ष जानकी शर्मा, अनेम संघ सैनामैना नगर उपाध्यक्ष शान्ता थापा अनेम संघ सैनामैना नगर सचिव सुमित्रा भट्टराई, दलित मुक्ति मोर्चा सैनामैना इन्चार्ज रामनाथ हरिजन, थारु मुक्ति मोर्चा सैनामैना संयोजक होम बहादुर चौधरी, माओवादी केन्द्र सैनामैना १ वडा संयोजक भुवन क्षेत्री, उमानन्द घिमिरे, तुल्सीकुमार भुसाल गोविन्द पोख्रेल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सैनामैना वडा न. १ को वडा संयोजक विष्णु वि.क.को अध्यक्षतामा , अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सैनामैना सह–सचिव मञ्जु चौधरीको स्वागत मन्तव्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सैनामैना नगर उपाध्यक्ष कमला पन्थीकोे सञ्चालमा करिव ३०० भन्दा बढीको सहभागीतमा कार्यक्रम सम्पन्न भएको हो ।