निजामती विधेयक फिर्ता लिएर सरकारले उल्टो काम गर्‍योः सुवास नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको विधेयक संसदबाट फिर्ता गरेर सरकारले उल्टो काम गरेको प्रतिक्रिया दिए ।

शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिए ।

‘लामो समय समितिमा छलफल गरेर यहाँहरुले देखिराख्नु भएको छ । निजामती विधेयक कति समय समितिमा छलफल भयो । त्यत्रो समय लिएर बल्लबल्ल तपाईं हामी सबैको दबाब चाँडो ल्याऊ, चाँडो पास गर भनिराखेको यो विधेयक हो । बल्लबल्ल संसदमा प्रवेश गर्‍यो । संसदमा त्यतिन्जेल रह्यो,’ उनले भने, ‘अहिले आएर त्यसलाई फिर्ता लैजाने भनेर सरकारले फिर्ता लिने काम गर्‍यो । यो साह्रै बेठीक र उल्टो काम भइराखेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation