सिद्धार्थको अध्यक्षमा शाही निर्वाचित

थानेश्वर अधिकारी, कपिलवस्तु।
सामाजिक क्षेत्रको अग्रणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा आगामी २ बर्षका लागी सुर्य कुमारी शाही निर्वाचित भएकी छन् ।
आज सम्पन्न संस्थाको २५ रऔं साधारण सभा तथा १२ औं अधिवेशनबाट शाही सर्व सहमतीबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । जसको उपाध्यक्षमा त्रिलोचन घिमिरे, सचिवमा हरिलाल शर्मा, सहसचिवमा दुर्गा अर्याल र कोषाध्यक्ष शोभा आचार्य निर्वाचित भएकी छन् भने कार्य समिति सदस्यहरुमा रोमकान्त घिमिरे, देवकला वि।क।,सीता खनाल, चेतना अधिकारी, इन्दिरा भट्टराई र गोविन्द खनाल निर्वाचित भएका छन् यसै गरी लेखा समिति संयोजकमा हरी अधिकारी, बाबुराम रायमाझी,सिता पंगेनी, ईशा जि।सी। र प्रभात विक्रम क्षेत्री निर्वाचित भएका छन् ।

अधिवेशनमा संस्थाका सचिव रोमकान्त घिमिरेद्धारा प्रस्तुत बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष हरिलाल शर्मा द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमतीबाट पारित गरिएको छ । सो कार्यक्रममा सदस्य रुकैया खातुन,पुर्व अध्यक्ष टंक प्रसाद आचार्य, पोमनारायण पौडेल,संविधान सभा सदस्य बलराम अधिकारी, सागर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशन सम्पन्न गर्न संस्थापक तथा पुर्व अध्यक्ष सागर श्रेष्ठ,टंकप्रसाद आचार्य,पोमनारायण पौडेल,टिकाराम पौडेल र गुणनिधि भुसाल सहितको ५ सदस्सिय निर्वाचन मण्डल गठन गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता , संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठको प्रमुख आथित्यता, उपाध्यक्ष सुर्य कुमारी शाहीको स्वागत र सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको छ ।
२०५२ सालमा स्थापना भएको यो संस्थाले अहिले बिभिन्न विकास साझेदार संस्थाहरुको समन्वयमा अहिले लुम्बिनी प्रदेशका सबै जिल्लामा कार्यक्रमहरु संचालन गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation