प्रदेश १ मा माधवको नेतृत्व–सबै प्रदेशबाट ओली पत्तासाफ

नेकपा एकीकृत( समाजवादी) का नेता राजेन्द्र राईले आज प्रदेश १ को मुख्यमन्त्रीको सफथ लिने भएका छन् । आज दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ ।

यसअघिका मुख्यमन्त्री एमालेका नेता भीम आचार्यले सोमबार राजीनामा दिएका हुन् । गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका हुन् ।

सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसदहरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबीपत्र बुझाएका हुन् । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आज दिउँसो शपथ ग्रहणको समय तोकेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation