आयल निगमले फेरि बढायो पेट्रोल, डिजल र ग्यासको मूल्य

उज्यालो पोष्ट, सैनामैना ।
नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्यवृद्धि गरेको छ।

मुल्यवृद्धिको चर्को विरोध भइरहेकै बेला निगमले एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो।

आयल निगम घाटामा रहेको भन्दै निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो।

पेट्रोल र डिजलमा साबिकको मूल्यमा तीन रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ, डिजल ११९ रुपैयाँ कायम भएको छ।

हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा पाँच रुपैयाँ बढेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए। अब हवाई इन्धन प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ।

यसैगरी, निगमले ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। अब ग्यास प्रतिसिलिण्डर १५७५ रुपैयाँ कायम भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation