बुटवल । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्द सकिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आयोजना गरेको थियो ।
नेकपाले मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि नेपाल बन्दको घोषणा गरेको हो । बन्दका कारण देशभरका सार्वजनिक यातायात, शैक्षिक संस्था, उद्योगधन्दा बन्द भएका थिए भने निजी सवारी साधनहरु फ्याट–फुट्ट रुपमा चलेका थिए । बन्दका क्रममा कुनै अप्रिय घटना नभए पनि बन्द गराउन भन्दै हिड्ने केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
लुम्बिनीका ४४ सहित देशभरबाट २२५ जना बन्दकर्ता पक्राउ परेको केन्द्रिय प्रहरी प्रवक्ता बसन्त बहादुर कुँबरले बताए । साथै बन्द कर्ताले ४ वटा सामान्य तोडफोड गरेको प्रवक्ता कुँबरले बताए । यस्तै पक्राउ परेको सबैलाई बन्द कर्तालाई छाड्ने तयारी रहेको कुँबरले बताए ।