मतगणना स्थलमै कुटीए कांग्रेसको सचिव पदका उम्मेदवार

भैरहवा कार्तिक ४ । नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन र प्रदेश प्रतिनिधी छनौटका क्रममा भएको निर्वाचनको मतगणनामा बिवाद पौडेल पक्षका सचिव पदका उम्मेदवार कुटीएका छन्।

नेपाली काँग्रेसको १४ औं महाअधिवेशन अन्तरगत सुक्रवार भएको प्रदेशसभा क्षेत्र निर्वाचनका क्रममा रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणना स्थलमा खाण पक्षधर कार्यकर्ताले पौडेल पक्षधरमाथी आक्रमण गरेको आरोप छ।

उक्त घटनामा हुँदा कम्तीमा ५ जना घाइते भएका छन्। घाईते मध्ये गम्भिर अवस्थाका सैलेश पन्तको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ। गम्भीर घाइते भएका पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन।

घाईते अन्यको भिम अस्पताल भैरहवामा उपचार भई रहेको छ।आक्रमण भएपछि मतगणाना स्थगित भएको छ ।

प्रदेश ३ (ख) को मतगणना स्थल सिद्दार्थनगर नगरपालिका भैरहवामा मध्यराती मुख छोपेर आएका तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङ लगायतका केही युवाहरुले आक्रमण गरेको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताए।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै गुरुङ नेतृत्वको एक हुल युवाहरुले मतगणाना स्थलमा प्रवेश गरेर आक्रमण सुरु गरेको बताए।

मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाण समर्थकहरुले आक्रमण गरेको पौडेल पक्षको आरोप छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation