रुपन्देही क्षेत्र नं. ५ को सभापतिमा वसिउल्लाह मुसलमान

सैनामैना । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देही क्षेत्र नम्बर ५ को सभापतिमा वसिउल्लाह मुसलमान सहित सवै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन ।

प्रमुख मतदान अधिकृत नुरजंग केसीले क्षेत्रीय सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्बिरोध निर्वाचित भएको जानकारी दिए ।

त्यसैगरी सदस्य महिलामा प्रत्यक्षतर्फ उषा खत्री, प्रत्यक्षतर्फ सदस्यमा भोजराज पाण्डे, रामऔतार यादव र बिना खडका, आदिबासी जनजातितर्फ टिकाबहादुर पुन,मधेशी महिलातर्फ गौरीदेवी दुबे, मधेशीमा सुख्खु मल्लाह, खसआर्यबाट विष्णुप्रसाद कोइराला, दलिततर्फ शुभावती धवल, मुस्लिमबाट निसबाहुदिन मुसलमान निर्विरोध भएका छन् ।
त्यस्तै प्रदेश क महिलातर्फ जानकी पौडेल, प्रदेश क महिला पुरुषतर्फ द्रोणाचार्य ज्ञवाली, पारस पाण्डे, प्रदेश ख महिलामा दलकुमारी आले, प्रदेश ख महिला पुरुषतर्फ अबुबकर शेष र हसन मुहमद मुसलमान र थारु अपाङ्ग अल्पसंख्यकबाट रामनेवास धवल निर्विरोध भएका छन् ।
महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्य समेत सर्वसम्मत रुपमा चयन भएको छ । यसअघि सम्पन्न रूपन्देहीको सो निर्वाचन क्षेत्र अन्तर्गतको प्रदेश सभा क्षेत्रीय अधिवेशन पनि निर्विरोध नेतृत्व चयन भएको थियोे । त्यसैगरी महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष महिलातर्फ अनिता ढुंगाना शाह, लिलाकुमारी पौडेल, तुलसा भुसाल, शारदा गौतम, प्रत्यक्षतर्फ कमलप्रसाद भुसाल, खिमानन्द खनाल, नामबहादुर थापा क्षेत्री, तारानाथ बेलबासे, देवीप्रसाद कडेल, फकरुद्दीन खान, भरतकुमार शाह,भुवनकुमार गौतम, विष्णुप्रसाद पोखरेल र सजरुद्दीन खान निर्विरोध निर्वाचित भएका हुन् ।
महाधिवेशन प्रतिनिधिमै खस आर्य महिलातर्फ दिलमाया कँडेल, खस आर्यतर्फ देवीप्रसाद शर्मा जैसी, आदिवासी जनजातितर्फ टेकबहादुर गुरुङ, मधेशी महिलााबाट पुष्पा उपाध्याय, मधेसीबाट राजकुमार सिंह, शेषमन यादव, दलित महिला अनिता धोवी, दलितबाट पूर्णवहादुर विक, थारुबाट लक्ष्मी चौधरी थारु, मुस्लिमबाट फिरोज अहमद र अपाङ्ग अल्पसंख्यकबाट कल्पना ढकाल निर्विरोध भएका छन् ।

सो निर्वाचन क्षेत्र कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत कुमार शाहको निर्वाचन क्षेत्र हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation