नेकपा माओवादी केन्द्र रुपन्देहीका ईन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार बन्जाडेलाई मँगलबार राती बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा उनी सवारी लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जीतबाहादुर थापा गम्भिर घाइते भएका छन् । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले उनीहरुलाई ठक्कर दिएको थियो ।
घटनापछि घाइते भएका उनीहरुलाई बुटवलकै लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो ।