नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मङ्सिर १४ गते मंगलबार शाेकसभाकाे लागी बुटवल आउने भएका छ्न।
नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज स्वर्गीय राम प्रसाद बन्जाडे (टंकमणि) को ७ औं पुर्णतिथि मङ्सिर १४ गतेका दिन श्रद्धाञ्जली सभाकाे लागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने भएका हुन । मंगलबार १२:३० बजे स्वर्गीय बन्जाडेकाे घरमा शाेकसभा गरिने कार्यक्रम रहेकाे नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसिले बताए ।
पाटिका महान याेद्धा टंकमणिकाे मृत्यु भएको कारण नेकपा माओवादी केन्द्र रुपन्देहीले ३ दिन सम्म पाटीको झण्डा झुकाउने र रुपन्देही जिल्ला भित्र पाटिका कुनै पनि कार्यक्रमहरु नगर्ने गरि जिल्लाका सबै कार्यक्रमहरु स्थगित गरेकाे थियाे ।
मंसिर ११ गते देशव्यापि रुपमा गरिएकाे नगर अधिबेशन पनि रुपन्देहीमा केही समयकाे लागी स्थगित गरि मङ्सिर १८ गतेकाे लागी तय गरिएकाे संयोजक जिसिले बताए ।
स्वर्गीय बन्जाडेकाे भालुवाङबाट बुटवल फर्किदै गर्दा सडक दुर्घटनामा परि निधन भएको हाे। मंगलबार साँझ बुटवल उपमहानगरपालिका १३ जितगढिमा ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई मङ्गलबार राती करिब ९ बजेतिर बसले ठक्कर दिएपछि घाईते भएका बन्जाडेको बुटवलस्थित सिटि अस्पतालमा बुधबार बिहान ५:३० बजे निधन भएको हाे।