एमालेको मतदान सकियो, तीन घन्टाभित्र परिणाम आउने

उज्यालो पोष्ट, सैनामैना ।
नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान सकिएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।

एमाले सचिव योगेश भट्टराईले टाढा घर हुने साथीहरू घर गएकाले कम मत खसेको हुन सक्ने बताए।

‘मतदान सकियो। सायद टाढा घर हुने साथीहरू घर जानुभयो होला,’ भट्टराईले भने।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएको छ। विद्युतीय मतदान भएकाले केहीघन्टाभित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

एमाले महाधिवेशनमा प्रयोग गरिएका भोटिङ मेसिन बनाएका राम(लक्ष्मण इनोभेसन्सका रामप्रसाद रिमालले मतदान सकिएको तीन घन्टाभित्र परिणाम सार्वजनिक हुने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation