अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने : रावल

काठमाडौं । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन्।

अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतस् पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका हुन्।

मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा सपथ लिन नसक्ने पनि स्पष्ट पारे।

अध्यक्षका उम्मेदवार रावलले भने,‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन र अध्यक्ष पदमा विजय भए सपथ लिन्छु। अरूमा त मैले भेरेकै छैन भन्ने कुरा मेरो यथावत छ। अब प्रतिनिधिहरूले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि। त्यो त केही छैन।’

उनले महाधिवेशनको मत परिणाम २ घण्टाभित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए। रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation