उज्यालो पोष्ट, सैनामैना ।
नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले ससस्त्र जनयुद्धबाट नेपालमा गणतन्त्र ल्याउने पार्टि नै माओवादी भएको ठोकुवा गरेका छन् । नेकपा माओवादी केन्द्र सैनामैनाको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता बरालले आफ्नो पार्टीले भौतिकवाद र द्धन्दवादमा विश्वास राख्ने साथै जालझेल र भ्रमको खेती पार्टिले कहिलै नगरेको दावी गरेका छन् । लुम्बिनी प्रदेशका सांसद समेत रहेका बरालले नेकपा माओवादी केन्द्रले जनताको पक्षमा सधै काम गरिरहेको उल्लेख गरेका छन् ।
गणतन्त्र,पुर्नसंरचना र अग्रगामी रुपान्तरणका लागी आफनो पार्टिको निर्णायक भुमिका रहेको तर्क गर्दै प्रतिगमनको विरुद्ध सधै लागेको दृढता ब्यक्त सासद बरालले गरे । देशमा लोडसेडिङ अन्त्य र विद्युतमा आत्मनिर्भर गराएकै नेकपा माओवादी केन्द्र भएको उल्लेख गरेका छन् ।
सभामा बोलदै नेता वरालले भने नेकपा एमालेका अध्यक्ष के.पि शर्मा ओलीले पार्टिलाई पञ्चायती शैलीमा फर्कन खोजेकाले पार्टि एकताबाट छुट्टीन परेको बताएका छन् । बरालले भने‘ एमालेको भखरै चितवनमा सम्पन्न महाधिबेशनले प्रष्ट हुन्छ कि अव उनीहरु घुम्दा घुम्दा नारायण घाट र देवघाटमा पुगे’भनेर ।
राजनितिक स्थितरता र आर्थिक रुपान्तरणमा सधै काम गर्ने बताउदै अव बन्न नया समितिलाई सम्मानका साथ तिनै तहको चुनावका लागी तयार हुन अपिल बरालले गरे ।
यस्तै उक्त कार्यक्रममा सहिद परिवारलाई सम्मान समेत गरिएको छ ।