बुटवल । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्।
१०२९ मत गणना गर्दा पुनले भरत कुमार शाहलाई ८२ मतले पछाडि पारेका छन्।
निर्वाचन समितिका अनुसार पुनले ५५६ मत प्राप्त गरेका छन् भने शाहले ४६२ मत ल्याएका छन्।
प्रदेशको नेतृत्वको लागि शनिवार मतदान भएपनि आइतवार बिहानबाट मतगणना सुरु भएको थियो। निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो।
अन्य पदाधिकारीमा पनि पुन प्यानलले नै अग्रता कायम गरेको छ। पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने शाह सभापति शेरबहादुर देउवा समूहका नेता हुन्।