प्रदेश १ काँग्रेस सभापतिमा उद्धव थापा निर्वाचित

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन् ।

१७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश १ मा काँग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation