मतगणना अपडेट: देउवालाई पछ्याउँदै शेखर

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । तर उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहेका छन् ।

राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । हालसम्म ११०० मतको गणाना भएको छ, जसमा देउवाले ५२२ मत पाएका छन् भने डा= शेखर कोइरालाले ४१९ मत पाएका छन् ।

प्रकाशमान सिंहले १०५, विमलेन्द्र निधिले १०५ र कल्यण गुरूङले ४ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation