कार्यकर्ता तितरवितर भएपछि विप्लवको ठट्टा : हेर्दा हेर्दै एउटै घरभित्र पार्टीहरुको मोर्चा होला जस्तो भइसक्यो

नेपाल कम्युनिष्ट पार्टीका महासविच नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना कार्यकर्ताहरु तितरवितर भएपछि एउटै घरभित्र पार्टीहरुको मोर्चा बन्ने अवस्था आएको बताएका छन् ।

बिहीबार नेकपाका केन्द्रीय सदस्य तथा पार्टी स्कुलिङ विभागका प्रमुख भेषराज भुषालका बुबा निलकण्ठ भुषालको सम्झनामा कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित श्रद्धाञ्जली सभामा विप्लवले यसबारे ठट्टा पनि गरे ।

‘दुई वर्ष त हामी जनयुद्धकै जस्तो लुकेर हिँड्नुप¥यो,’ उनले भने, ‘संयोगले वार्ता भयो र तीन बुँदे भएर हामी अहिले यहाँ आइपुगेका छौं । लक्ष्मी बहिनी कहाँ हुनुहुन्छ, मलाई थाहा पनि थिएन । (हाँस्दै) उहाँ त एकीकृत समाजवादीतिर हुनुहुन्छ भन्ने थाहा पाइयो । भाइ पनि माओवादी केन्द्रको कोषाध्यक्ष बन्नु भएको भन्ने कुरा आयो ।’

विप्लवले एउटै परिवारका सदस्य विभिन्न पार्टीमा लागेपछि रमाइलो जस्तो र अनौंठो जस्तो लागेको पनि बताए। ‘सुन्दा रमाइलो जस्तो पनि, एउटा अनौठो जस्तो पनि,’ उनले भने, ‘कहाँ पुग्या छ, कहाँ पुग्या छ जस्तो । हेर्दा हेर्दै त एउटै घरभित्र पार्टीहरुको संयुक्त मोर्चा होला जस्तो पनि भयो (लामो हाँसो) ।’

उनी त्यतिकैमा अडिएनन् । ठट्टा गर्दै भने, ‘एउटा उद्घोषक हुनुपर्ने, एउटा सभापति हुनुपर्ने, एउटा प्रमुख अतिथि हुनुपर्ने । भाषण भुषण गर्नुपर्ने । एकले अर्काको कुरा भन्नु पर्ने स्थिति हुन थालिसक्यो ।’   आन्दोलनमा यस्तो हुने बताउँदै विप्लवले एउटै पार्टी बनाउने प्रस्ताव पनि आइरहेको बताए। ‘यो हुन्छ, केही समय यस्तो हुन्छ,’ उनले भने, ‘यस्सो हेर्दा यो दुःखद कुरा पनि हो । अस्ती हाम्रो एकीकृत समाजवादीको कमरेडले पनि भन्दै हुनुहुन्थ्यो कसरी हुन्छ एक ठाउँमा आउनुपर्‍यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation