ओलीले भने एमसिसी पास गर्ने भए, गठबन्धन तोड्नुपर्छ

संसदकाे गतिरोध हटाउन् लामाे राजनीति सम्वनदहिनतापछि आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका कांग्रेस सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवासँग ओलीले आक्रामक रुपमा आफूलाई प्रस्तुत गरेका छन् । एमसीसी पारित गर्नको लागि प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमा ओलीले यसबारेमा आफूहरु अहिलेको अवस्थामा तटस्थ बस्ने प्रतिक्रिया दिएका थिए । उनले सत्तापक्षीय गठबन्धनसँग बहुमत रहेको भन्दै पास गरेर अघि बढ्न पनि देउवालाई सुझाव दिएका थिए ।

उच्च स्रोतकाअनुसार ओलीले देउवालाई एमसीसी पास गराउन एमालेको सहयोग अनिवार्य हो भने पाँच दलीय गठबन्धन तोडेर आउन पनि सुझाव दिएका थिए । ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘तपाईहरुसँग बहुमत छ, एमसीसी आँफै पारित गर्नुहोस । यो मेरो काम होईन । यदि एमसीसी पास गराउन हाम्रो सहयोग चाहिन्छ भने अहिलेको पाँच दलीय गठबन्धन तोड्नुहोस। त्यहाँबाट बाहिरिनुहोस । बरु, तपाईँ सरकार एक्लै चलाउनुहोस । हामी सरकारमा रहन्नौं । म व्याक सपोर्ट गर्छु । चुनाव घोषणा गरेर अघि बढ्नुहोस ।’

उता, संसद्को गतिरोध अन्त्यको लागि प्रधानमन्त्रीले गरेको आग्रहमा पनि ओली रुखो सुनिए । उनले सकारात्मक जवाफ नदिएको कांग्रेसनिकट स्रोतको दाबी । ओलीले यसअघि माधव नेपाललगायत १४ जना सांसदलाई कारबाहीको लागि आफ्नो पार्टीले गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस्नुपर्ने अडान राखेका थिए । उनले कि त अदालतले उक्त विषयमा परेको मुद्दाको चाँडै फैसला गरिदिनुपर्ने पनि सुनाएका थ्एि । उनले सभामुख सापकोटाले पनि राजीनामा दिनुपर्ने कुरा पनि देउवासामू राखेका थिए । आफूहरुले अघि सारेका विकल्प लागु नभए संसद्को गतिरोध यथावत रहने उनको चेतावनी थियो ।

उता, प्रधानमन्त्री देउवाले भने सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्यको लागि एमालेले सकारात्मक भूमिका खेल्नुपर्ने भनाई राखेका थिए । यसको साथै एमसीसी पारित गराउनको लागि पनि एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation