सैनामैना नगरपालिकामा डेलिगेसन

सैनामैना नगरपालिका वडा नं. ५, मा रहेको नमुना टोल बिकास संस्था अन्र्तगत सेवा पथका जनता आफ्नो गुनासो लिएर सैनामैना नगरपालिकामा डेलिगेसन गएका छन ।

सैनामैना नगरपालिका कार्यलयको छेवैमा रहेका आम जनता बर्षौदेखि ढल निकास नहुंदा मर्कामा परेका छन । बर्षायाम लागेसंगै पानिको निकास नहुदा खेतियोग्य जमिन डुवानमा पर्नुका साथै, हिउद लागेसंगै पानि घर आगनमा जलमग्न भएका कारण डेगंो तथा बिभिन्न रोगहरुको सिकार हुन परेको स्थानिय बताउछन् । अब्यवस्थित बसोवास र जग्गा प्लटिङ गर्दा नै ढल निकास बिना जग्गा ब्यापारीले घडेरीहरु किनबेच गरेका कारण यस्तो समस्या आयको हो । सैनामैना नगरपालिका कार्यलयको परिसर वरिपरि नै यस्तो समस्या हुदा पनि समाधान हुन नसक्नुले थुपै्र प्रश्नहरु जन्माएका छन् ।
नेकपा माओवादी(केन्द्र) सैनामैना नगरपालिका वडां नं.५ का वडा अध्यक्ष राम प्रसाद भुषालको नेतृत्वमा गयको टोलिले नगरप्रमुख चित्र बहादुर कार्किलाइ कार्यकक्षमै भेटि आपm्ना समस्याहरु राखेका थिए । प्रतिउत्तरमा सैनामैना नगरपालिकाका मेयर चित्र बहाुर कार्किले यो समस्या आउनुमा यहिका बासिन्दा समयमै सचेत नहुंदा र जग्गा ब्यापारीहरुले ढल निकास बिनाका जग्गाहरु बिक्री गर्दा यस्तो भएको बताए । यहि आर्थिक बर्षमै नगरपालिकाको बजेटमा नै ढल निकासको बिकल्प खोजिने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation