![](https://ujyaalopost.com/wp-content/uploads/2022/01/IMG_20220116_095111.jpg)
मोटरसाइकल दुर्घटनामा परि कलाकार शोभाखर पन्थको निधन भएको छ । बुटवलको योगिकुटीदेखी मगरघाटतिर जांदै गर्दा बाटोमा बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परेर उनको मृत्यु भएको हो ।
गुल्मी छत्रकोट ३ निबासी शोभाखर पन्थ कलाक्षेत्रमा काम गर्दथे । उनी फोटोग्राफर समेत हुन् । उनले दर्जनाैँ गीत छायाँकन तथा अभिनय समेत गरेका छन् ।
उनी सवार लु७०प १३५३ मोटरसाइकल गएराती सो खाल्डोमा खसेको र बिहान मनिङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । उनलाइ आज बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको हो ।
उनको शव लुम्बिनी प्रादेशिक अीपतालमा राखिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले नागरकि अनलाइनलाइ जानकारी दिएको छ । उनी केहिसमयदेखि रुपन्देहीको सैनामैनामा बसोबास गर्दथे उनका १ श्रीमती र १ सन्तान छन् ।