लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्य जगदीशपुर तालमा ‘दलदल पानी पोखरी र खोला संरक्षण गरे सर्वहीत होला’ भन्ने नारा सहित २६औं सीमसार दिवस मनाईएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालय र वन डिभिजन कार्यालय कपिलवस्तु, गक्षामी मिडिया ग्रुपको सहकार्यमा २६ औं विश्व सिमसार दिवस मनाईएको हो । सोे अवसरामा जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्चको आयोजनामा नऔ चरा महोत्सव, चरा फोटा प्रर्दशनी गरिएको छ ।
लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री सहसराम यादव, प्रजिअ चक्रपाणी पाण्डेय र डिभिजन वनक कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले परेवा उडाएर कार्यक्रमको उदघाटन गरेका थिए । सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री सहसराम यादवले जगदीशपुर ताल लुम्बिनी प्रदेश कै प्रमुख पर्यटकीय स्थल रहेको बताए । उनले लुम्बिनीसंग जोडर जगदीशपुर तालको गर्नु पर्ने बताए । उनले प्रदेश सरकारले जगदीशपुर तालको विकासकालागि चाहिने बजेटको ब्यवस्थाकालागि आफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रजिअ चक्रपाणी पाण्डेयले प्राकृतिक बिविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताए । स्थानीयको सहभागीतामा ताललाई सुन्दरीकरण गरी आयआर्जन तर्फ उन्मुख गराउनु पर्ने बताए ।
उनले चराहरुको बासस्थानकारुपमा परिचित जगदीशपु तालमा मानवीय गतिबिधिलाई कम गर्नु पर्ने बताए । सो अवसरमा तालको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको डिभिजन वन कार्यालकया प्रमुख बिजयराज सुबेदीले बताए । आफुले पनि तालको विकास सरंरक्षकालागि प्रयास गर्ने उनले बताए । उनले तालको ठोस विकास गरी पर्यटकीय लाभ लिनु पर्ने बताए । बुद्धस्थल तिलौराकोट, निगालीकोट, लम्बुसागर लायतका स्थलसंग जोडने गरी यस क्षेत्रको विकास गनुृ पर्ने बताए । कार्यक्रममा तालको प्रचारप्रसार प्रबद्र्धन र संरक्षणमा योगदान दिएको भन्दै २ संचारकर्मी, २ खेलाडी र एक संस्थालाई सम्मासनत गरिएको थियो ।
संचारकर्मी डिलारमा भुसाल र मनोज कुमार श्रीवास्तव खोलडीहरु तुलसीराम थारु र सुदीप थारु तथा जगदीशपु होमस्टेलाई कदर पत्र र नगदले सम्मानित गरिएको छ ।