![](https://ujyaalopost.com/wp-content/uploads/2022/02/final.jpg)
उज्यालो पोष्ट, सैनामैना ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा सैनामैनामा आयोजित स्वास्थ्य सचेतना कार्यक्रम शनिवार सम्पन्न भएको छ । स्थापना दिवस रुपन्देही शाखाले जिल्लाका विभिन्न पालिकाहरुमा स्वास्थ्य सचेतना कार्यक्रम गरी मनाउने कार्यक्रम अनुसार सैनामैनामा पनि स्वास्थ्य सचेतना स्वरुप सडकमा हिड्दा मास्क नलगाउने व्यक्तिहरुलाई मास्क प्रदान गरिएको हो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव एव सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुुर कार्की, नेकपा एमाले सैनामैनाका अध्यक्ष चेत नारायण न्यौपाने, प्रेस चौतारीका केन्द्रिय सचिव भरत केसी, केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज प्रदिप आचार्य, केन्द्रिय सदस्य युवराज पाण्डे, इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख जीवन लामिछाने, ट्राफिक प्रमुख, रेडियो मलमलाका अध्यक्ष कृष्ण बहादुर कुवर, सैनामैना व्यापार संघका अध्यक्ष गणेश प्रसाद भुसाल सैनामैनाका कार्यपालिका सदस्य कल्पना कुवर लगायत प्रेस चौतारी जिल्लाका पदाधिकारी, सदस्यहरु, स्थानिय मिडियाको सहभागीतामा सम्पन्न भएको हो ।
स्थापना दिवसको अवसरमा बुटवल, भैरहवा लगायतका ठाउँमा पनि स्वास्थ्य सचेतना कार्यक्रम गरिएको प्रेस चौतारी नेपाल, रुपन्देहीका शाखाले जानकारी गराएको छ