बुटवलको एभरेष्ट बोर्डिङको बस दुर्घटना, ८ विद्यार्थी घाइते

बुटवल । बुटवलको ज्योतिनरमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–४ स्थित ज्योतिनगरमा आइतबार बिहान विद्यार्थी बोकेको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाँणले बताए ।

घाइते मध्ये ८ जना विद्यार्थी, चालक र सह-चालक गरी १० जना घाइते भएको प्रहरी प्रवक्ता खाँणले बताए । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको उनले बताए । घाइते मध्ये ३ जना विद्यार्थी, चालक र सहचालकको अवस्था मध्यम रहेको र अन्य बाँकी ५ जना विद्यार्थीको अवस्था सामान्य रहेको प्रवक्ता खाँणले बताए । बसमा ८ जना विद्यार्थी, चालक र सहचालक गरी १० जना रहेका थिए

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation