माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति अध्यक्षमा सुदर्शन बराल

कपिलवस्तु,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ । यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीहरुकाे कुराे नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन । बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री समेत रहेका गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो । प्रदेश कमिटी उपाध्यक्षहरुमा बर्दियाका दुर्गा थारु,दाङका नुमाकन्त न्यौपाने र रोल्पाका बीरबहादुर खत्री,सचिवमा प्युठानका कृष्ण अधिकारी चयन भएका छन् । सहसचिवहरुमा बाँकेका अकलबहादुर बम,पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल लगायतले सपथ ग्रहण गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation