![](https://ujyaalopost.com/wp-content/uploads/2022/03/IMG_20220316_162356.jpg)
चैत्र २ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आक्रामक अभियान शुरु गरेको छ । देशैभरी प्रदेश स्तरमा प्रशिक्षण जारी राखेको माओवादीले हरेक केन्द्रीय सदस्यहरुलाई प्रदेश र जिल्लामा परिचालन गरेको छ ।
अब सबै नेताहरु गाँउ नगर घर घर जाने र चुनाव जीताउने रणनीतिका साथ मैदानमा परिचालित हुने एक नेताले बताए ।
जस अनुसार ३ सय बढी केन्द्रीय सदस्यहरुलाई कम्तीमा आफूले प्रतिनिधित्व गर्ने क्षेत्रमा एक एक स्थानीय तहमा पार्टीलाई जिताउनै पर्ने लक्ष्य प्रदान गरिएको छ ।
प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै नेताहरुलाई सोही बमोजिम परिचालन गरिएको छ ।
यस अभियानमा विभिन्न दलबाट पार्टी प्रवेश गराउने, नयाँ संगठन विस्तार गर्ने, जनसम्बन्ध सुदृढ गर्ने गरी नेताहरु खटिएका छन् ।
प्रदेश स्तरको प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सँग सँगै देशभर हिँडिरहेका छन् ।
अघिल्लो चुनावमा १०६ स्थानीय तहमा जितेको माओवादी यस पटक त्यो गुणात्मक रुपले बृद्धि गर्न चाहन्छ । यसैका सकभर गठबन्धन नभए पनि तालमेल गरेर भए पनि जाने सोँचमा पनि रहेको छ ।
विगतमा जितेको १०६ स्थानीय तह मध्य केही तहका प्रमुखहरु एमालेमा बादल समुहसँगै प्रवेश गरेका छन् । यो घाटा पनि परिपुर्ति गर्ने गरी माओवादीले अन्य दल तथा समुहबाट पार्टी प्रवेश गराउदै , तालमेलको विकल्प पनि कायमै राखेको छ ।
आज पनि बिशेष प्रदेश कमिटिको प्रशिक्षण कार्यक्रम कमलादीमा चलिरहेको छ । जसमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा सहितका नेताहरु उपस्थित रहेका छन् ।