नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकमा आज देखि सुरु भएको छ । विप्लवको गृह जिल्ला कपिलबस्तुको शिवगढीमा बैठक बसीरहेको छ । एक वर्ष अगाडी मात्र केपी वलीको नेतृत्वको सरकारसग ३ बुँद्दे सहमति गरेपछि प्रतिबन्ध फुकुवा भएको थियो ।
आज देखि बसेको नेकपाको बैठकलाई उक्त पार्टीका कार्यकर्ता र समर्थकले निकै महत्त्वका साथ हेरेका छन । धेरै लामो समयपछी बस्दै गरेको यो बैठकलाइ लियर सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भएको छ । बिगतमा संबिधान सभा, सघिय र स्थानीय निर्वाचन समेत बहिष्कार गरेको नेकपाले झन्डै ८ वर्षपछी महासचिव विप्लवले निर्वाचनमा जाने प्रस्ताव केन्द्रिय समितीमा पेश गरेकाछन ।
आज दिउँसो २ बजे सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन ।
अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्यन गरेर पुनः छलफल सुरु हुने नेकपा स्रोतले जनाएको छ ।
गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए। उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै एक मत छैन।
पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । दुई सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कंचन’ र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा छन् । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ भने तटस्थ भुमिकामा रहेकाछन । यधपी उनले पनि निर्वाचनले जनताको माग सम्बोधन नहुने धारणा व्यक्त गर्दै आएकाछन ।