नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैनाले चुनावि सरगर्मि बढेसंगै धमाधम पार्टि कार्यलय उद्घाटन गरेको छ ।
आज एक भव्य समारोहको आयोजना गरी सैनामैनाको वडा न.ं १ को वडा पार्टि कार्यलय उद्घाटन गरेको छ । उद्धघाटन समारोहमा प्रमुख अतिथिको रुपमा लुम्बिनि प्रद्श स्वास्थ्य तथा जनसंख्या समाज कल्याण मन्त्री इन्द्रजित थारुले माओवादीले आम सोषीत पिडित जनताको मुक्तीका लागि जिवनको आहुति दिएको तर काङग्रेस, एमालेले गणतन्त्रमा मस्ती गरिरहेको बताए । आउने चुनावमा जनताले माओवादिलाइनै जिताउने ठोकुवा गर्दै जनतामा रहेको भ्रम चिर्नूपर्ने बताए ।
यस्तै नेकपा माओवादी केन्द्र रुपन्देहिका संयोजक नारयण जिसि (निर्मल) ले आगामि चुनावमा माओवादीलाइ जनताले भारी मतका साथ जिताउने ठोकुवा गर्दै, जसको निति उसकै नेतृत्व हुनुपर्ने वताउदै गणतन्त्र, धर्मनिरपेक्ष, संघियता, जनसंबिधान लगायत सम्पूर्ण एजण्डा माओवादीको हुने तर नेता अरु हुने भएको कारण देशको दुर्गति भएको वताउदै अव जनताले कुरा बुझिसकेको वताउनुभयो । नेकपा माओवादी केन्द्र क्षेत्र नं. ५ इन्चार्ज अमर रोका, भोला बस्याल, हस्त सावर, राम बहादुर कुवर, दोर्ण जिसि सैनामैनाका अध्यक्ष मान बहादुर महत्त, दिपक भण्डारी, तेजेन्द्र सुवेदि, राजेन्द्र घिमिरे, दिपक पछाई लगायतल्े आ–आफ्नो धरणा राखेका थिए । सैनामैना वडा नं २ का वडा अध्यक्ष नारायण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन खड्क बहादुर जिसिले गर्नुभयको थियो। वडा नंं १ वाट माओवादीको तर्फवाट वडा अध्यक्षको उमेद्धारको रुपमा भुवन बहादुर क्षेत्रीको चर्चा छ ।