चुनाबमा जाने प्रस्ताव अल्पमतमा परे के गर्लान बिप्लब ?

नेत्र बिक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी १२ औं केन्द्रीय समिति बैठक केही दिन थप लम्बिने देखिएको छ । बैठकमा केन्द्रिय नेताहरुले धारणा राख्ने क्रम जारी छ । हिजोसम्म तीन दर्जन नेताले ‘विप्लव’ ले पेश गरेको राजनीतिक प्रस्तावमाथि आफ्नो धारणा राखिसकेका छन् ।

महासचिव विप्लवबाहेक चारजना सचिवालय सदस्यहित ३६ जना केन्द्रीय नेताले बोलिसक्दा निर्वाचनमा जानुहुदैन भन्ने मत प्रभावशाली देखिएको छ । विप्लवको राजनीतिक प्रस्तावले चुनावको उपयोग गर्नुपर्ने प्रस्ताव गरे पनि धेरै नेता त्यसको विपक्षमा प्रष्टसगै खुलेका हुन् ।

३६ जनामध्ये २२ जनाले चुनावमा सहभागी हुननहुने धारणा व्यक्त गरेको शिवगढी स्रोतले बताएको छ । अहिले नै निर्वाचनमा सहभागी हुनु क्रान्तिविरुद्धमा हुने भएको भन्दै बहिष्कार गर्नुपर्नेमा प्रष्ट अभिमत व्यक्त गरेका छन् ।

महासचिव विप्लवका निकट मानिएका बाला थापा, ध्रुब घिमिरे, बसन्त श्रेष्ठलगायतका नेताले पनि विपक्षमा बोलेपछि वैठकमा तरंग आएको छ ।

चुनावमा सहभागी हुने प्रस्तावको विपक्षमा धारणा राख्ने नेता को–को ?

हेमन्द्र प्रकाश ओली ‘सुर्दशन’,धर्मेन्द वास्तोला ‘कञ्चन’,उदय चलाउने ‘दिपक’,चुणामणी ओली, सावित्रा दुरा, गुणराज लोहनी, बसन्त श्रेष्ठ,नविन विश्वकर्मा,कृष्ण वाग्ले,मोहलाल चन्द,सन्देश पौडल,दिपेश राई,बन्धु चन्द, बाला थापा,धुब्र घिमिरे, शीतल लगायत छन ।

पार्टीका प्रवक्ता एवम् सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित ८ जनाले आफ्नो निर्वाचनकाे पक्षमा मत राखेका छन् । पक्षमा बोल्ने नेताले चुनावलाई पनि क्रान्तिको पक्षमा उपयोग गर्न सकिने तर्क गर्दै आएकाछन।

चुनावमा भाग लिने तर्क राख्नेहरुमा खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’,सन्तोष बुढा मगर, अनिल शर्मा ‘बिरही’, भरत बम ‘रणविर’,उमा भुजेल ‘शिलु’,ओम प्रकाश पुन,माइला लामा र चिरन पुन लगायत छन।

बोलिसकेका मध्य ४ जनाले भने निर्वाचनमा जाने वा नजाने कुनै पनि पक्षमा विचार नराखेकाे स्रोतको दाबी रहेको छ ।

अहिलेसम्मको अवस्था हेर्दा चुनावको पक्षको प्रस्ताव अल्पमतमा पर्ने र चुनावको विपक्षमा उभिएकाहरु बहुमतमा पुग्ने देखिएको छ । राजनीतिक प्रस्ताव अल्पमतमा परेपछि महासचिव विप्लवमाथि नैतिक दवाव पर्ने निश्चित देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation