नेकपा माओवादी केन्द्र निकट थारू राष्ट्रीय मुक्त्ति मोर्चा सैनामैना गठन

नेकपा माओवादी केन्द्र निकट थारू राष्ट्रीय मुक्त्ति मोर्चा सैनामैना नगर कमिटी गठन भयको छ ।
चुनाबी सरगर्मी बढे सङै माओबादी केन्द्रले आफ्ना सबै जबस मोर्चाहरु गठन गरेको हो ।
नेकपा माओबादी केन्द्र रुपन्देही जिल्ला सम्योजक नारायण जिसि निर्मलको प्रमुख आतिथ्यतामा भयको कार्यक्रम बोल्दै माओबादी केन्द्रले जाती जनजाती को अधिकारको लागि दसबर्ष युद्ध गर्न परेको बताउदै ती उपलब्धिलाई सस्थागत गर्न र संघीयतालाई कार्यान्वयन गर्न अब माओबादी सबै तहको शक्तिमा पुग्नुपर्ने बताउनुभयो । यस्तै रुपन्देही क्षेत्र न ५, का क्षेत्रीय सह इन्चार्ज भोलानाथ बस्यालले माओबादी केन्द्र सैनामैनामा माओबादी प्रती आकर्षक बढेको बताउदै अबको दिन सबै उत्पीडित समुदाय माओबादी केन्द्रलाइ जिताउने अभियानमा लाग्ने बताउनुभयो । नेकपा माओबादी केन्द्र सैनामैनाका मेयरका उम्मेद्बार तथा नगर अध्यक्ष नारायण महतले सबै शक्ति परिचालन गरेर माओबादी केन्द्रलाइ पहिलो शक्तिको रुपमा उदय बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगर इन्चार्ज राम बहादुर कुवर , नगर सचिब दिपक भण्डारी , गोबिन्द खरेल, रोमनाथ न्यौपाले लगायतले धारण राख्नुभयको थियो ।
थारु मुक्ति मोर्चा सैनामैनाको अध्यक्षमा क. होम ब. चौधरि सचिव क. रामदेव चौधरि सल्लाहकार क. भगवान चौधरि लगाएत २९ सदस्यीय कार्यसमिती चयन गर्दै सम्पन्न भयको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation