![](https://ujyaalopost.com/wp-content/uploads/2022/03/biplab-d.jpg)
शान्ति सम्झौतामार्फत खुला राजनीतिमा आउने प्रचण्ड(बाबुरामको निर्णयप्रति असन्तुष्ट हुँदै अलग्गै पार्टी बनाएर क्रान्तिमा होमिएका कमरेडहरु अन्ततस् चुनावी राजनीतिमा आउने भएका छन् ।
‘जनयुध्द(२’ भन्दै तत्कालीन एमाओवादीबाट फुटेर मोहन वैद्यको नेतृत्वमा नेकपा(माओवादी गठन गरी त्यहाँबाट पनि अर्को समूह बनाएर भूमिगत भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनावमा सहभागी हुने भएको हो ।
कपिलवस्तुमा जारी केन्द्रीय कमिटी बैठकमा चुनाव उपयोग गर्ने नीतिसहित महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रस्तावको पक्षमा बहुमत केन्द्रीय सदस्य खुलेपछि नेकपा चुनावमा सहभागी हुने सम्भावना बढेको छ ।
“पोलिटब्युरो क्रियाशील रहँदै थप्न प्रस्ताव गरिएका माइला लामा र चिरन पुनले पनि चुनावको पक्षमा बोलेका छन् । सन्देश पौडेलले भने विप्लवको प्रस्तावको विपक्षमा धारणा राखेको बताइएको छ । “
जारी बैठकमा सबै केन्द्रीय सदस्यले धारणा राखिसक्दा चुनावमा जाने विप्लवको प्रस्तावको समर्थनमा दुई तिहाइ सदस्य खुलेर आएको बताइएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार ६५ सदस्यीय केन्द्रीय कमिटीका सबै र चार जना सल्लाहकारले आ(आफ्ना धारणा राखेका छन् । जसमध्ये ७० प्रतिशत भन्दा बढीले चुनावमा जाने विप्लवको प्रस्तावको समर्थन गरेका छन् ।
ती नेताका अनुसार पुरानो पोलिटब्युरोमा रहेका चारै जनाले प्रस्तावको पक्षमा धारणा राखेका छन् । त्यस्तै,पोलिटब्युरोमा बढुवा हुने लाइनमा रहेका भनिएका तीन जनामध्ये एक जनाले मात्रै विपक्षमा बोलेको उनले बताए ।
बताइएअनुसार महाधिवेशनसम्मका लागि स्थगित गरिएको पोलिटब्युरो सदस्यहरु अनिल शर्मा विरही,उमा भुजेल,ओम पुन र भरत बम चारै जना चुनावको पक्षमा हुँदा विप्लवको प्रस्ताव शानदार रुपमा पारित हुने अवस्था बनेको हो । पोलिटब्युरो क्रियाशील रहँदै थप्न प्रस्ताव गरिएका माइला लामा र चिरन पुनले पनि चुनावको पक्षमा बोलेका छन् । सन्देश पौडेलले भने विप्लवको प्रस्तावको विपक्षमा धारणा राखेको बताइएको छ ।
चुनावको पक्षमा बोल्ने अधिकांशले काँग्रेसबाहेकका दलहरुसँग आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गर्नु उपयुक्त हुने सुझाव पनि दिएका छन् । आज महासचिव विप्लवले बोलेपछि यसबारे थप प्रष्टता आउनेछ ।