कपिलवस्तु महोत्सवमा डुङ्गा पिङ दुर्घटना

कपिलवस्तु ।  कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ ।  डुंगामा सवार घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो ।

एक्कासी चल्दै गरेको अवस्थामा डुंगाको एक भाग फुस्किए पछि, करिव ५ मिनेट नियन्त्रण बाहिर हुँदै भुइमा झरेको पिङमा सवार बुद्धभूमि २ का दामोदर भट्टाराईले बताए ।

घटनामा परी घाइते हुनेको संख्या यकिन हुन सकेको छैन । घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भईरहेको जनाइएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation