ब्यारेकमा गोली चल्यो, एक सिपाही ठहरै

नेपाली सेनाको ब्यारेकमा भर्खरै गोली पड्केको छ । गोली प्रहारबाट एक जना सिपाहीँ ठहरै भएको बताइएको छ । घटना भर्खरै कपिलवस्तुको गोरुसिङ्गेस्थित समशेर दल गणमा भएको हो ।पूर्व–पश्चिम राजमार्गको आडैमा रहेको ब्यारेकमा पड्केको गोलीको आवाज बाहिरसम्म सुनिएको थियो । उक्त गण डेढ महिनाअघि मात्रै त्यहाँ गएको हो । ब्यारेकभित्र भएको गोली प्रहारको घटनाबारे थप बुझ्नको लागि त्यहाँ पुगेको नेपाल प्रहरीको टोलीले सेनाले गेट बाहिर रोकेको छ ।सेनाले ब्यारेकभित्र एक जना सैनिकले आत्महत्या गरेको बताए पनि वास्तविकता बाहिर आएको छैन । ब्यारेक बाहिर प्रहरी र सर्वसाधारणको ठूलो भीड देखिएको स्थानीयले बताएका छन् । जनाआस्थाबाट ..

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation