दुई वर्षपछि भौतिक उपस्थितिमै एसईई परीक्षा सुरु

९ वैशाख। माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु भएको छ । आज परीक्षाको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको हो ।

परीक्षा ५ लाख १४ हजारभन्दा धेरै परीक्षार्थीहरु छन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation