समयमै पृथ्वीको संरक्षणमा ध्यान दिनुपर्ने विज्ञको सुझाव

२२ अप्रिल, आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । विश्वभर विभिन्न कार्यक्रम गरेर आज यो दिवस मनाईंदै छ ।

जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । जलवायु परिवर्तनले पारेको असरलाई ध्यानमा राख्दै त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुको भनाइ छ ।

पृथ्वी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उपस्थित सामाजिक कार्यका अगुवाहरुले अहिले पृथ्वीको संरक्षण गर्नु अत्यावश्यक भएको बताए । पृथ्वीको संरक्षणका लागि सम्बन्धित निकायले चासो राख्नुपर्ने बेला भइसकेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

विज्ञहरुले पृथ्वीको संरक्षणका बारेमा वैलैमा चासो नदिने हो भने भविष्यमा भयानक अवस्था आउन सक्नेप्रति सचेत हुनुपर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation