![](https://ujyaalopost.com/wp-content/uploads/2022/04/7.jpg)
रमेश गैरे, रुपन्देही ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरुबिच कसलाइ उम्मेद्धार बनाउने भन्ने बिषयमा रस्साकस्सि चलिरहेकैबेला रुपन्देहिको सैनामैनामा भने नेकपा(माओवादी केन्द्र), नेपाली काङ्गे्रस र अन्य साना दल बिच हुने भनियको गठबन्धनमा खटपट देखिएको छ ।
नेकपा (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेस बिच पद बाडफडमा कुरा नमिल्दा एक्ला एक्लै चुनाबमा होमिने देखिएको छ । आज बिहानै नेकपा (माओवादी केन्द्र)का नगर सचिव दिपक भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘सैनामैनामा नेपालि काङ्ग्रेस सित हाम्रो गठवन्धन हुने सम्भावना लगभग सकियो । हामि हाम्रै तरिकाले अगाडि बड्छौ ।’
यता सोहि स्टाटसको कमेन्टमा नेपालि काङग्रेस सैनामैनाकै सचिव अर्जुन पौडेलले ‘सहमतिको निकै नजिक पुगेको, अब केहि घण्टा मै टुगंो लाग्दै छ भ्रममा नपर्नुहोला’ भनेका छन् ।
एक स्रोतका अनुसार (माओवादी केन्द्र) र नेपाली काङग्रेस बिच सैनामैनाको वडा नं. ७ मा कुरा नमिल्दा यस्तो भएको हो, सोहि वडामा माओवादीको तर्फबाट रोमनाथ न्यौपाने र काङग्रेसको तर्फवाट राजु चौधरी उम्मेद्धार रहेका छन् । दुबै उम्मेद्धारले वडामा जित्ने भएका कारण सहमति नदेखिएको हो । माओवादीले भने वडा नं. ७ मा आफुलाइ दिनुपर्ने बताउदै आएको छ ।
माओवादी केन्द्रका एक नेताका अनुसार सैनामैनामा मेयर उप–मेयर सहित ७ नं. बाहेकका सबै वडामा गठबन्धन हुने तर ७ नं. वडामा भने एक्ला एक्लै लड्ने वताएका छन ् । त्यस क्षेत्र माओवादी र काङग्रेस दुवैको गड क्षेत्र हो, दुवै पक्षको उमेद्धारको आफुले जित्ने दाबि गरेका छन ।