बहुचर्चित चितवनको भरतपुर महानगरपालिका गठबन्धनमा कुरा मिल्यो

बहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनमा आबद्ध दलले वडाको भागबण्डामा पनि सहमति गरेका छन् ।

सहमतिअनुसार नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा राखेको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई तीनवटा दिएको छ ।

कांग्रेसले १,२,३,४,५,६,७,८,१०,१४,१५,१६,१७,१८,१९,२०,२१,२३,२७,२९ मा अध्यक्ष लिने भएको छ । त्यस्तै माओवादीले ११,१३,२४,२५,२८ नम्बर वडा अध्यक्षको उम्मेदवार लिनेछ भने नेकपा एसले ९, १२ र २२ नम्बर वडामा भाग पाउने भएको छ ।

२६ नम्बर वडामा कुरा मिल्न बाँकि छ, जहाँ कांग्रेसले दाबी छाडेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation