विमल गैरे, सैनामैना ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मनोनयनको पहिलो दिन शनिवार (हिजो) नेकपा एमाले सैनामैनाले नराम्रो क्षेति भोग्नु पर्यो । सैनामैना नगरपालिकाको प्रमुख र उप–प्रमुखमा पुरानै अनुहार दोहोर्याएको भन्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य नर बहादुर थापा, खुसीराम चौधरी, शालिकराम भण्डारी र नेकपा एमाले जिल्ला कमिटी सदस्य नजर कुमारी श्रेष्ठले सामुहिक राजिनामा दिएका छन् ।
राजिनामामा लेखिएको छ ।
क. अध्यक्ष, नेकपा एमाले नगर कमिटी सैनामैना मार्फत
नेकपा एमाले जिल्ला कमिटी रुपन्देही, नेकपा एमाले प्रदेश कमिटी लुम्विनी ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले नेपाली जनताको वर्गीय र सामाजिक मुक्ति जनतामा निहित लोकतान्त्रिक प्रणाली शारीरिक तथा मानसिक श्रम गर्ने श्रमिक किसान सम्पुर्ण जाती, भाषा, सस्कृती, भुगोल पेशा र समुदायका जनताको हितको प्रतिनिधित्व गर्ने पार्टी भनिएतापनि व्यक्ति वादी चरित्र हावी हुन गई चरम गुट उप गुटको दलदलबाट स्थानीय तह निर्वाचन २०७९ मा पार्टी आम कार्यकर्ता, शुभेक्षुक र जनसमुदायको भावना विपरीत व्यक्ति केन्द्रीत भइ उम्मेदवार चयन गरिएको हुना यस प्रकारको अवसरवाद र अराजकता मौलाउदै व्यक्ति व्यक्तिका राजनिती समाप्त पार्न षडयन्त्रका कारण पार्टीमा रहि काम गर्न सक्ने बातावरण नभएको हुँदा आजको मिति २०७९/०१/११ गतेबाट तपशिलका हामिले पार्टिका साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिने घोषण गरियो ।
यस्तै यता नेकपा सैनामैना नगरकमिटी सदस्य तथा वडा नं. ३ सह–ईन्चार्ज भिम बहादुर खड्का, नेकपा सैनामैना नगरकमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नगर अध्यक्ष गोपाल बहादुर खड्का, नेकपा वडा सल्लाहकार तथा पुर्व राष्ट्रिय युवा संघ सचिव दिपेन्द्र ढकाल, नेकपा एमाले वडा सचिव तथा अनेमा संघ अध्यक्ष बसन्ता रेग्मी क्षेत्री, नेकपा एमाले वडा सदस्य तथा पुर्व राष्ट्रिय युवा संघ नगर उपाध्यक्ष प्रकास कुवर लगाएतका ५५ जनाले सामुहिक राजिनामा दिएका छन् ।
स्थानीय तह निर्वाचनमा देशैभर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस) लगाएतका अन्य दलविच गठवन्धन हुने सहमति भइसकेको छ । सैनामैनामा पनि शनिवार मात्रै गठवन्धनले टुङ्गो लगाइसकेको छ । रुपन्देहकिो सैनामैना नेकपा एमालेको राम्रै पकडको रुपमा मानिन्छ तर प्रदेश तथा जिल्ला स्तरका नेताहरुको सामुहिक राजिनामाले भने पक्कै पार्टीलाई नराम्रो असर गर्ने देखिन्छ ।