नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मोहन वैद्य नेतृत्वमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बहिष्कार गर्न आग्रह गर्दै पार्टीले चुनाव बहिष्कारको निम्ति विभिन्न कार्यक्रम गर्दै आएको छ ।
साथै पार्टीले हिजो राजधानीमा स्थानिय निर्वाचन बहिष्कारको नारा थियो । कोटेश्वर चोकमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बहिष्कार गर्न समेत आग्रह गरेका हुन् ।
उक्त पार्टीको काठमाण्डौ जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालको नेतृत्वमा करिब एक दर्जन कार्यकर्ताले स्थानीय तहको निर्वाचन बहिष्कार गर्न करिब आधा घण्टा नारा लगाएका हुन् । यसरी चुनाव बहिष्कारको नारा घन्काउने पार्टीले उता हेटौंडाको मेयरमा विप्लव खेमाको समर्थनसहित हिजो नै उम्मेदवारी दर्ता गराएको हो ।