वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सैनामैनामा नेपाली कांग्रेस र माओवादी सहितका गठवन्धन दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । नाचगान सहित कार्यकर्ताका साथमा मुर्गियास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
सैनामैना नगरपालिकाको प्रमुख ( मेयर ) मा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका फणिन्द्र प्रसाद शर्मा उपमेयमा माओवादी केन्द्रका नारायण महतले उम्मेदवारी दर्ता गराउनुभएको छ । आफ्ना कार्यकर्ताका साथमा आज नगरको निर्वाचन कार्यालयमा पुगेर शर्मा र महतले उम्मेदवारी दर्ता गराउनुभएको हो । शर्मा नेपाली कांग्रेस पूर्व जिल्ला उपसभापति हुनुहुन्छ भने महत माओवादी केन्द्र सैनामैनाको अध्यक्ष हुनुहुन्छ ।