![](https://ujyaalopost.com/wp-content/uploads/2022/04/tinau-2.jpg)
विमल गैरे, रुपन्देही ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस विच गठवन्धन गर्ने सहमति पछि मनोनयन दर्ता गरेका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपालि कांग्रेसलाई दिने सहमति भएपछि हिजो (सोमवार) मनोनयन दर्ता भएको हो ।
गाउँपालिका प्रमुख (अध्यक्ष) पदमामा नेकपा (माओवादी केन्द्र) का राजेश श्रेष्ठ र गाउँपालिका उपप्रमुख (उपाध्यक्ष) पदमा नेपाली कांग्रेसका लालबहादुर थापा हिजो (सोमवार) नाचगान सहित हजारौ कार्यकर्ताको साथमा निर्वाचन कार्यालयमा पुगेर उम्मेद्ववारी दर्ता गराएका हुन् ।
यस्तै तिनाउ गाउँपालिकाको छ वटै वडाले उम्मेद्वारी दर्ता गराएको छ । वडा नं. १ मा नेपाली कांग्रेसको तर्फबाट हस्त बहादुर राष्कोटी, वडा नं. २ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट दिनेश जि.सी.,वडा नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट चित्र बहादुर थापा, वडा नं. ४ मा कांग्रेसको तर्फबाट देव सिह दर्लामी, वडा नं.५ मा नेकपा (माओवादी केन्द्र) को तर्फबाट गणेश राष्कोटी र वडा नं. ६ मा नेपाली कांग्रेसको तर्फबाट टोम बहादुर पुन लगाएत सवै वडा का वडा सदस्यहरुले उम्मेद्ववारी दर्ता गराएका छन् ।
स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते हुदै छ ।