नेकपा माओवादी केन्द्रका तिन वडाध्यक्ष सहित ५४ जना निर्विरोध निर्वाचित

वैशाख ३० गते हुने निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ता भएको थियो । निर्वाचन आयोगले १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।

जसअनुसार विभिन्न पदमा तीन सय ५३ जना निर्विरोध निर्वाचित भएको आयोगका सहायक प्रवक्ता एवम् उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्विरोध निर्वाचित हुनेमा पाँच दलीय गठबन्धनतर्फका एक सय ९० जना छन् । जसमा नेपाली काँग्रेसबाट एक सय एक जना, नेकपा माओवादी केन्द्रका ५४, नेकपा एकीकृत समाजवादीका ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का एक सय २३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । तीमध्ये अध्यक्षमा एक जना, उपाध्यक्षमा दुई जना, वडाध्यक्षमा १४ जना, सदस्यमा २६, महिला सदस्यमा २३ र दलित महिला सदस्य ५७ जना निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवारमध्ये उपाध्यक्षमा एक, वडाध्यक्षमा १४, सदस्यमा ३१, महिला सदस्य १५ र दलित महिला सदस्यमा ४० निर्विरोध निर्वाचित भएका हुन् ।

नेकपाएकीकृत समाजवादीबाट ३४ जना निर्विरोध भएकामध्ये अध्यक्षमा दुई, उपाध्यक्षमा एक, वडाध्यक्षमा छ, सदस्यमा १२, महिला सदस्य सात र दलित महिला सदस्य छ जना देखिएका छन् ।

नेकपा माओवादी केन्द्रका ५४ जना निर्विरोध भएकामा वडाध्यक्षमा तीन, सदस्यमा पाँच, महिला सदस्य सात र दलित महिला सदस्य ३९ जना पुगेका छन् ।

त्यस्तै, जनता समाजवादीबाट दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

स्वतन्त्रबाट ३४ जना निर्विरोध भएका छन् । उनीहरुमध्ये वडाध्यक्षमा छ, सदस्य १६, महिला सदस्य आठ र दलित महिला सदस्यमा चार जना निर्वाचित भएका हुन् ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, राप्रपाबाट दुई जना सदस्य निर्विरोध भएका छन् । नेपाल मजदुर किसान पार्टीबाट दुई जना दलित महिला सदस्यमा निर्वाचित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation