![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/prachanda-@-bharatpur-22-baisakh.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनको जित निश्चित भइसकेको दाबी गरेका छन् ।
चुनावी सभाका लागि चितवन पुग्नासाथ भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेदवारलाई फकाउने भन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्ने बताए ।
‘उहाँलाई फकाउने कुरा भन्दापनि गठबन्धन आफ्नो लाइनमा अगाडि बढिसकेको छ । फैसला चितवनका जनताको हातमा छ । उम्मेदवार बन्ने स्वतन्त्रता हरेक नागरिकलाई छ । निर्वाचन जित्न अप्ठ्यारो हुन्छ भन्ने लाग्दैन । धेरै कारणले नतिजा गठबन्धनको पक्षमा हुन्छ’ प्रचण्डले भने ।
उनले गठबन्धनको जितबारे विस्तृत कुरा चुनावी सभामै गर्ने बताए । आज भरतपुरमा गठबन्धनले आयोजना गर्ने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा , नेकपा एसका अध्यक्ष माधव नेपालसहित प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।