सैनामैना , संयुक्त गठबन्धन दलका साझा उम्मेद्धार सैनामैना–३, का वडाध्यक्ष पदका उमेद्धवार दिपक भण्डारीले आफुले यो पटकको निर्वाचनमा जनताको साथ सहयोग पाएर चुनाव जितेमा वडालाई नगरकै नमुना वडा बनाउन पहल गर्ने बताएका छन् ।
नेकपा(माओवादी केन्द्र) सैनामैनाका नगर सचिव समेत रहेका भण्डारी वडा अध्यक्षको उम्मेदवार भएपछी वडामा ६ दिन लगाएर उमेद्धवार सहित सबै मतदाताको घरदैलोमा पुगेका छन् । सबैका घरदैलोमा पुग्दा जनताहरुमा राम्रो उत्साह छाएको र आफूहरुको उम्मेदवारीहरुलाई जनताले अत्यन्तै सकारात्मक रुपमा लिएको भण्डारीले बताए । नेकपा (माओवादी केन्द्र) सैनामैनाकै सचिव भण्डारी वडा अध्यक्षको संयुक्त गठबन्धनको साझा उम्मेदवार बनेर वडामा आएपछि यहाँको विकास निर्माणले उचित महत्व पाउने भन्दै स्थानीय बढी हर्षित देखिएका छन् ।
शालिन र भद्र स्वभाव, उच्च शैक्षिक ज्ञान र वचनका पक्का भण्डारीलाई आदिवासी, जनजाति, दलित, थारु समुदायले समेत राम्रोसँग रुचाएका छन् । योग्य र सक्षम उमेद्धवार पाएपछी बढी मत पाएर चुनाव जित्ने सबैले आकलन गरेका छन् ।
मतदाताका बिचमा आफुले बिकास निर्माण र समृद्धिका प्रतिबद्धता जाहेर गरेको भन्दै निर्वाचित भएपछि पूरा गर्नेमा मतदातालाई विश्वास दिलाएको बताए ।