सैनामैना ५ मा गठवन्धनका घिमिरे जितको नजिक

सैनामैना, रुपन्देही ।

सैनामैना नगरपालिकामा स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा पालिका गठवन्धनमय भएको छ । मेयर उप–मेयर सहित ११ वटै वडामा पनि गठवन्धनकै चर्चा मात्र सुनिन्छ । नेकपा एमालेको पकट रहेका क्षेत्र भत्किदै छन् भने यसपालि सैनामैनामा एमालेको कुनै पनि सिट नआउने देखिन्छ ।

सैनामैनाका ११ वटै वडा मध्यको वडा नं. ५ पनि निकै चर्चामा रहेको छ । गठबन्धनतर्फका वडा अध्यक्षका उम्मेदवार राजेन्द्र घिमिरे सामाजिक व्यक्ति, मिलनसार, सहयोगी भएका कारण पनि उनी जित नजिक रहेका छन् । यसोत विगतमा अरुको कामवाट सन्तुष्ट नभएकै कारण यसपालि वडा नं. ५ वासीले घिमिरेलाई चाहेको स्थानीको भनाई छ ।

राजेन्द्रको नेतृत्वमा जनतामा खुसी छाएको र उनमा हार स्वीकार्य नभएको वडा वासीले सुनाउछन । वडाको चौर्तफी विकासका लागी पनि वडालाई घिमिरेको नेतृत्व आवश्यक छ । गएको ५ वर्ष त अरुलाई हेरियो तर वडामा केहि गर्न सकेनन् । आएको वजेट पनि सहि ठाउमा प्रयोग गरेनन् नत वडा वासीलाई कुनै सुविधानै मिल्यो, बाटोको अवस्था उस्तै, खानेपानि, विजुलीको समस्या उस्तै, शिक्षा, स्वास्थ्यका त कुरै नगरम भन्दै यसपाली वडाले युवा, निश्वार्थ भावले काम गर्ने, क्षमता भएको राजेन्द्र खोजेको वडाका नागरिले बताए ।

राजेन्द्रको पछि मानिसको जमात देखेर विपक्षीहरु हत्तासिएको भन्दै वडा नं. ५ मा गठवन्धनको जित सुनिश्चीत भइसकेको अनुमान गर्न सकिन्छ । यदि घिमिरेको नेतृत्व वडाले पाएमा वडाकै मुहार फेरिने स्थानीयको आसा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation